खेल

लुम्बिनी विकास बैंकद्वारा पोखराको सहारा फुटबल एकेडेमीलाई २ लाख २० हजार आर्थिक सहयोग

पोखरा । सहारा क्लवले सञ्चालन गरेको सहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकले २ लाख २० हजार रुपैयाँ सहयोग गरेको छ । एकेडेमीमा रहेका २४ जना बालकहरुलाई एक वर्षको खाजाका लागि आवश्यक रकम बैंकले २ लाख २० हजार रुपैयाँ सहयोग गरेको हो ।

बैंकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, बैंकका मुख्य प्रबन्धक दिपक खनाल, प्रमुख सञ्चालक सुकदेब पहारी, पोखरा रामबजार शाखाका प्रवन्धक बालकृष्ण बन, न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकाल, लेखसाइड शाखा शाखा प्रबन्धक महेन्द्रकुमार श्रेष्ठ लगायतले सहारा क्लबका अध्यक्ष केशब थापालाई चेक हस्तान्तरण गरेका छन् ।

बैंकको सामाजिक उत्तरदायीत्व अन्तरगत एकेडेमीलाई सहयोग गरेको बैंकका सञ्चालक रामचन्द्र सिग्देलले जानकारी दिए । साहारा क्लबका अध्यक्ष थापाले मनकारीकै मायाले एकेडेमी चलेको भन्दै एकेडेमी सञ्चाल गर्न सहयोग पुग्ने बताए । पूर्व अध्यक्ष विक्रम थकालीले बैंकले आहा रारा गोल्डकपलाई लामो समय देखि बैंकले बैंकिङ पार्टनरका रुपमा सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि निरतरता पाउने विश्वास गरे ।

कार्यक्रममा सहारा क्लबका सचिव सुनिल रानामगर, पूर्व कार्यसमिति सदस्य राजकुमार गुरुङ, रविन श्रेष्ठ र प्रकाश रानाले सहारा फुटबल एकेडेमिका बारेमा जानकारी दिएका थिए । साहारा क्लबले २०६१ सालदेखि एकेडेमी निरन्तर एकेडेमी सञ्चालन गरिरहेको छ । हाल एकेडेमीमा देशका विभिन्न १४ जिल्लाका २४ जना कठिन परिस्थितिका बालकहरु आश्रित छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत