एन आई सी एशिया बैंकको कार्ड प्रयोग गरी sastodeal मार्फत किनमेल गर्दा १२ प्रतिशत नगद फिर्ता
- गाउँ सहर संवाददाता
- १४ फाल्गुण शुक्रबार, २०७७ | २१:१९:०० मा प्रकाशित
काठमाडाैँ । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आएको एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी ई–कमर्श प्ल्याटफर्म sastodeal मार्फत साताको अन्तिम दिन शनिबार किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सकिने योजना ल्याएको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई–कमर्श भुक्तानी गर्दाको हकमा ग्राहकहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने प्रावधान यस योजनामा रहेको छ ।
बैंक र sastodeal बीचको समझदारीअनुसार २०७७ फाल्गुन १५ देखि प्रत्येक शनिबार यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले आफुलाई चाहिएको सामग्री किनमेल गरी आकर्षक मौकाको फाइदा उठाउन सक्नेछन् । यसका लागि ग्राहकहरूले सामग्री गरिद गर्न कुल रकम भुक्तानी गर्नुपर्नेछ भने त्यसको सात कार्य दिनपछि बैंकले निजले प्राप्त गरेको नगद फिर्ता रकम सम्बन्धित बैंक खातामा जम्मा गरिदिने व्यवस्था समेत गरेको छ ।
यस योजनामा यस बैंकको डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श भुक्तानी सुविधा लिएका ग्राहक सहभागी हुन सक्नेछन् । यसका लागि ग्राहकहरूले बैंकको iServe डिजिटल सेवा (https://iserve.nicasiabank.com)मा रहेको कार्ड सम्बन्धी सेवाहरूबाट आफ्नो डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श सुचारु गरी अनलाईन भुक्तानी गर्न सक्नेछन् ।
अनलाइन किनमेल गर्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएसँगै अनलाइन भुक्तानी गर्ने महानुभावहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको Digital Nepal Framework अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकलाई Cashless Economy बनाउन सहयोग पु-याउन यस योजनाले सहयोग गर्ने बैंकले विश्वास लिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस