शिक्षा

“एप्लाइड ब्लकचेन” नेपाली विद्यार्थीकाे लागि सुवर्ण अवसर, कस्ताे शिक्षा हाे, कहाँ पढ्ने ?

अष्ट्रेलिया । अष्ट्रेलियाकाे सिड्नीमा प्रख्यात कलेजकाे रूपमा चिनिएको किङ्स्टन इन्ष्टिच्यूट अष्ट्रेलिया (हाम्रो कलेज) ले विद्यार्थीहरुको हितलाई ध्यानमा राखेर उपलब्धीमुलक आधुनिक प्राविधिक कोर्ष भित्राएको छ ।

आइटीको नयाँ युगमा आधुनिक प्रविधि र सम्भावनाको विषयलाई महत्वका साथ राख्दै कलेजले यसै सत्रदेखि एप्लाइड ब्लकचेनमा डिप्लोमा र एडभान्स डिप्लोमा कोर्स कलेजमा सामेल गरेको कलेजका प्रिन्सीपल दिपक खनालले बताए ।

अष्ट्रेलियाको प्रतिस्पर्धात्मक बजारमा व्यवसायीक दक्षताको महत्वपूर्ण भूमिका हुने गर्दछ । नयाँ विषय र आधुनिक प्रविधिमा अहिले मागसमेत देखिएकोले यो विषय कलेजमा भित्राइएको खनालले सुनाए । उनले भने, 'यो विषय आधुनिक आइटी बजारमा निकै सम्भावना बोकेको एप्लाइड ब्लकचेन कोर्सलाई कलेजमा सामेल गर्ने प्रयास सफल भएको छ । यो अहिले अष्ट्रेलियाभरनै औँलामा मात्र गन्न सकिने स्थानहरुमा मात्र पढाइने कोर्स हो ।'

ब्लकचेन कोर्षमा ब्याचलर संकायको प्रारुप समेत तयार नभइसकेको अवस्थामा यस्तो पढाइले नै राम्रो अवसर प्राप्त हुने कुरा डा. पौडेलले बताए । किङ्गस्टन इन्ष्टिच्यूट सम्भवत् अष्ट्रेलियामै छैठौँ एप्लाइड ब्लकचेन पढाउने कलेज हो र यसले नयाँ सम्भावनाहरुको ढोका खोेलेको पौडेलको जिकीर छ ।

याे शिक्षा नेपाल र अष्ट्रेलिया दुबैस्थानबाट पढाइको लागि आवेदन दिन सकिने कलेजले बताएकाे छ ।

याे काेर्समा के छ खास् उद्धेश्य के छ ?

यस कोर्सको उद्धेश्य सहभागीहरूलाई विद्यमान वा नयाँ संगठन भित्र ब्लकचेन टेक्नोलोजीहरू प्रयोगमा रोजगार पाउनको लागि समर्थन गर्न ज्ञान, सीप र, सामान्य र विशिष्ट दक्षताको दायराको साथ प्रदान गर्नु हो ।

याे विषय पढ्नकाे लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आइएलटिएस ५.५ वा टाेफलमा ६५ अंक आवश्यक पर्दछ । तर दुई वर्ष भन्दा पुरानो परिणामहरू स्वीकार्य नहुने वा, उनीहरूले अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, आयरल्याण्ड गणतन्त्र, दक्षिण अफ्रिका, युनाइटेड किङ्गडम वा संयुक्त राज्य अमेरिकामा कम्तिमा पाँच वर्ष अंग्रेजीमा अध्ययन गरेको प्रमाण पेश गर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हकमा १८ वर्ष उमेर वा माथिकाे हुनुपर्ने बताइएकाे छ ।

यो कोर्समा सैद्धान्तिक र व्यावहारिक दुबै पक्ष जोडिएको छ । अनलाइन सहभागिता वा दूर शिक्षाको माध्यमबाट भर्चुअल कक्षामा पनि  सञ्चालन गरिएकाे छ । कलेजले विद्यार्थीहरू संस्था-आधारित वातावरण भित्र कम्तिमा १५ घण्टा अनिवार्य भने गरेकाे छ । 

ब्लकचेन एक उदीयमान टेक्नोलोजी हो र यस्तो सम्भावना यतिसम्म छ कि सिक्नेहरू या त वास्तविक "स्टार्ट अप" मा काम गरिरहेका हुनेछन् वा "स्टार्ट अप" संगठन वा प्रोजेक्ट बनाइरहेका हुनेछन् । दुबै घटनाहरूमा धेरै क्रियाकलापहरू योजनाबद्ध चरणमा हुनेछन् । 

कोर्स संरचना कस्ताे छ ?

१८ हप्ताकाे टिफिन र छुट्टिसहित यो कोर्स ७८ हप्ताकाे हुन्छ । विद्यार्थीहरूले योग्यता प्राप्त गर्नका लागि ८ एकाई दक्षता पूरा गर्नु पर्छ ।

केरिर सम्भावना/व्यवसायिक परिणाम कस्ताे छ ?

स्नातकहरूका लागि रोजगारका सम्भावनाहरू पाठ्यक्रम सुरु गर्नु अघि योग्यतामा निर्भर गर्दछन् । पाठ्यक्रमले संगठनको भित्र व्यवस्थापन वा अपरेशनल भूमिकाहरू लिनको लागि सहभागीहरूको क्षमता विकास गर्न चाहन्छ, तर याे काेर्स यसमा मात्र सीमित छैन । यसले नयाँ व्यवसायकाे खाेजी, मूल्य र दक्षता सृजना गर्न ब्लकचेन टेक्नोलोजीहरू समाहित गर्दछ । साथै ब्लकचेन टेक्नोलोजीहरूको अनुप्रयोग वरिपरि अनुसन्धान र मोडेली बिजनेस व्यवसाय प्रणाली पनि सिकाउँछ । संगठनात्मक प्रणालीलाई नयाँ र हुर्कँदाे ब्लकचेन टेक्नोलोजीहरूमा परिवर्तन र अवस्थित वा नयाँ संगठनहरूमा माथिको क्षेत्रमा परामर्श पनि याे काेर्सकाे केरिरभित्र पर्दछ ।

काेर्सकाे शुल्क कति लाग्छ ?

ब्लकचेन कुल कोर्सकाे शुल्क A$ 23,000 कलेजले बताएकाे छ । थप कुरा कलेजकाे साइट https://kingston.nsw.edu.au/ मा हेर्न, पढ्न र बुझ्न सकिन्छ । नेपालकाे लागि भर्ना वा कुनै जानकारी लिनकाे लागि ग्लाेबल एजुकेशन एण्ड रिसर्च सेन्टर, नयाँ बानेश्वर काठमाडाैँमा प्रतिनिधि डिल्लीराम उप्रेतीलाई सिधै ९८४१२५०४७६ सम्पर्क गर्न सकिने कलेजले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत