गाउँ सहर

एकै पटक ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा, को कहाँ ?

काठमाडाैं । सरकारले  एकै पटक ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । 

शुक्रबार गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेकोमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट रामेछाप, सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् ।

शुक्रवार गृह मन्त्रालयले सूचना निकाल्दै प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो । 

गाउँ सहर संवाददाता

तपाईँको मत