प्रविधि

भायानेटले ल्यायो भयंकर अफर, रु. ८०० मा २० एमबीपीएस इन्टरनेट र १७५ भन्दा बढी च्यानल

काठमाडाैँ । भायानेट, नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक हो । आफ्ना ग्राहकहरुलाई  सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधैँ अगाडि हुन्छ । यसै क्रममा ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि भायानेटले अब ल्याएको छ भयंकर अफर!

भयंकर अफर अन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र रु. ८०० मा २० एमबीपीएस इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान प्राप्त गर्ने कम्पनीले जनाएकाे छ । 

कम्पनीका अनुसार अब ग्राहकहरुले प्रति महिना मात्र रु. ८०० मा निरन्तर मनोरञ्जन पाउन सक्नेछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत