स्वास्थ्य

विश्वभर काेराेना संक्रमित संख्या ११ कराेड ३५ लाख पुगेपनि अहिले २ कराेड १८ लाखमा मात्र भाइरस सक्रिय

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १८ लाख ९५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ८ करोड ९१ लाख २८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ११ करोड ३५ लाख ४३ हजार नाघेको छ भने मृतकको संख्या २५ लाख १९ हजार २५५ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९१ हजार ४१७ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ९० लाख ५२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख २० हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १५ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ९४ लाख ३५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९० लाख ९६ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १० लाख ६३ हजार ३८ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५६ हजार ८६१ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ७ लाख ४८ हजार ७५९ जना निको भएका छन् । सक्रिय केस १ लाख ५७ हजार ४१८ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ३ लाख ९३ हजार जना संक्रमितमध्ये ९३ लाख २३ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ५१ हजारभन्दा बढी छन् । हाल ८ लाख १८ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७३ हजार ८७२ जना पुगेका छन् भने २ लाख ७० हजार २२३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार ६८५ पुगेको छ भने ९६४ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत