अर्थतन्त्र

नेप्से परिसूचक घटेर २५५४ मा आइपुग्यो, निफ्राकाे काराेबार सर्वाधिक

काठमाडाैं । साताको अन्तिम दिन बिहिबार धितोपत्र बजारमा सेयर कारोबार मापक (नेप्से) परिसूचक घटेको छ ।

साताको अन्तिम कारोबार दिन परिसूचक र कारोबार रकम दुबै घटेको छ ।

यसदिन ४४.९४ विन्दुले घटेर २५५४.१३ विन्दुमा पुगेको छ । 

६ अर्ब ९ करोड ८१ लाख ८८ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ५६ हजार कित्ता शेयर खरिदबिक्री भएकाे छ । 

कूल २०६ कम्पनीको सेयर ८३ हजार ४०७ पटक कारोबार भएको छ ।

चन्द्रागिरी हिल्सको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । बिहीबार पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य घटेको छ ।

यस दिन सेन्सेटिभ इण्डेक्स ८.५३ अंक घटेर ४६१.८१ विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ३.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८९ अंक घटेको छ ।

 

यस दिन कारोबार रकमका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ९० करोड ३५ लाख ६७ हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । निफ्राको शेयर १९ रुपैयाँले घटेको छ । त्यसैगरी, यस दिन नबिल बैंक, नेशनल हाइड्रोपावर र नेपाल बैंकको २१ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत