स्वास्थ्य

अब नेपालमा सक्रिय संक्रमण ८८२ मात्र, अहिलेसम्म २,७६७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाभाइरसका कारण आजसम्म मृत्यु हुनेको संख्या २,७६७ पुगेको छ । समायाेजित तथ्यांकले आज ८३ जनाकाे मृत्यु भएकाे बताएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२ जना नयाँ संक्रमित थपिएका छन् भने स्वास्थ्य लाभ गर्ने ८४ जना छन् । योसँगै कुल संक्रमितको संख्या २,७३,८७२ र स्वास्थ्य लाभ गर्नेको संख्या २,७०,२२३ पुगेको छ ।

आजसम्म २१,५३,६३६ जनाको पिसिआर टेस्ट भएको छ । देशभरमा अहिले ८८२ जना आइसोलेशन र ६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत