जीवनशैली

किनमेल पनि एक कला हो, कसरी गर्ने ?

काठमाडौँ । धेरै मानिसहरु शनिबार विदा हुने भएकोले सामानको किनमेलमा निस्कन्छन् । विदाको दिन घुमघामसँगै किनमेल पनि गरौँ भन्ने अधिकको इच्छा हुने गर्दछ । घुमफिरले चुस्त र फ्रेस पनि बनाउने गर्दछ । परिवारले पनि सन्तोषको श्वास फेर्छन् ।

तर सामान किन्नु छ भने तपाईं छुट्टिको दिनभन्दा अन्य दिन चुन्नुहोस् । यसले कम समयमा सम्पूर्ण कुराहरुको किनमेल सजिलो हुने गर्दछ । विदाको दिन उसैपनि भीड हुन्छ ।

किनमेलमा कपडा किन्दा बढी झमेला हुन्छ । किनकी घर पुगेर नराम्रो, छोटो वा कम गुणस्तरको पर्यो भने के गर्ने ? यसकारण कपडा किन्दा ट्रायल रुम छिरेर सबैकुरा चेकजाँच गरेर लिँदा पछि पछुताउनु पर्दैन । कपडा किन्दा हप्ताको सुरुवाती दिन वा दिउसोको समय चयन गर्नुहोस् । साँझ त उसैपनि भीड सिवाय केहि हुँदैन ।

हामी धेरैजना सजिलो लुगा खरीद गर्दछौँ जसलाई ड्राइक्लिन गर्नु पर्दछ । तर यदि कार्यालय, कलेज जस्ता स्थानमा दैनिक लगाउने कपडालाई घरमा सजिलैसँग धुने गरिको कपडा छनौट गर्दा राम्रो हुन्छ । किनकी हरेक पटकको खर्चभन्दा कम खर्चका लुगा चयन गर्नु उपयुक्त हुन्छ ।

सुनचाँदी किन्ने समय नयाँ वा पूरानो डिजाइनमा हामी दोधार रहन्छौँ । यो मुश्किलबाट निस्कनको लागि पहिले सो कुराको अनुसन्धान गरेमा किनमेलमा गाह्रो हुँदैन ।

यसकारण किनमेलमा हतार नहुने समय छनौट गर्न सकियो भने किनिएको सामान र खर्चेको रकम र समयको अवमूल्यन हुँदैन । नत्र दुःख पाइरहिन्छ । देखावटीको किनमेल भन्दापनि टिकाउपूर्ण किनमेलले आर्थिक भार पनि थप्दैन । यसकारण होशियारीपूर्वक सपिङ्ग गर्नुपर्छ, कला नजानेको भए सिक्नु सबैभन्दा उत्तम हुन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत