अर्थतन्त्र

सुनकाे मूल्य घट्दा, चाँदीकाे बढ्याे

काठमाडौं । नेपाली बजारमा लगातार घटिरहेकाे सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहिबार प्रतितोलामा ५ सयले घटेर ८९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ८८ हजार ८५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहिबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत