राजनीति

ओली समूहको स्थायी कमिटीको बैठक स्थगित

काठमाडौं । नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

आज बस्ने तय भएको बैठक बस्ने स्थगित भएको हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज स्थायी कमिटीको बैठक नबस्ने जानकारी दिए ।

आज स्थायी कमिटी बैठक बोलाइएको थियो । केही स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने सुझाव दिएका थिए ।

 

बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो । 

गाउँ सहर संवाददाता

तपाईँको मत