खेल

'बी' डिभिजन लिग फुटबलमा आज चार क्लब भिड्दै

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आज चार क्लब भिड्दैछन् । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा आरसीटी र नयाँबस्ती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आरसीटी र नयाँबस्तीबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

नयाँबस्ती ६ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ । आरसीटी ६ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यस्तै दोस्रो खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच खेल हुनेछ । झम्सिखेल र ब्वाइजबीचको खेल अपरान्ह ३:३० बजे सुरु हुनेछ ।

झम्सिखेल ६ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ । ब्वाइज ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

बुधबार भएकाे खेलमा बाँसबारी क्लबले सहज जित निकालेको छ । खेलमा बाँसबारीले टुसाल युथ क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

त्यसैगरि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा श्री कुमारीले श्री भगवती क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत