मेस्सीको दुई गोलले बार्सिलोनाको जित
- गाउँ सहर संवाददाता
- १३ फाल्गुण बिहीबार, २०७७ | ०७:४७:०० मा प्रकाशित
कप्तान लियोनल मेस्सीकाे दुई गोलले स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै जोर्डी अल्बाको नाममा एक गोल रह्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले तीन गोल गरेको थियो ।
खेलको ४८ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७३ औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।
जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २४ खेलमा ५० अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ५ अंकले पछि रहेको छ ।
इल्चे २१ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस