स्वास्थ्य

विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या २५ लाख नाघ्याे, संक्रमितमध्ये ८ कराेड ८७ लाख निकाे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १८ लाख ७५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ८ करोड ८७ लाख १ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ११ करोड ३० लाख ८४ हजार नाघेको छ भने मृतकको संख्या २५ लाख ७ हजार ७६८ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९१ हजार ८६० जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ८९ लाख ७४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख १८ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १६ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ९३ लाख ४० हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९१ लाख १५ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १० लाख ४६ हजार ४३२ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५६ हजार ७४२ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ७ लाख ३६ हजार ४३३ जना निको भएका छन् । सक्रिय केस १ लाख ५३ हजार २६७ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ३ लाख २६ हजार जना संक्रमितमध्ये ९२ लाख ८१ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ५० हजारभन्दा बढी छन् । हाल ७ लाख ९४ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७३ हजार ७६० जना पुगेका छन् भने २ लाख ७० हजार १३० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार ६८४ पुगेको छ भने १ हजार ९३७ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत