स्वास्थ्य
सरकारले कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या सच्यायाे, कुल मृतक २ हजार ६८४
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बुधबार, २०७७ | २१:४९:०० मा प्रकाशित
काठमाडौँ । सरकारले कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ । मृत्यु हुनेको संख्यामा बुधबार उसले एकै दिन ६१९ जना थप गरेसंगै सच्याएकाे हाे ।
यसअघि सेनाले शव व्यवस्थापन गर्दाकाे तथ्यांक र सरकारकाे तथ्यांकमा फरकपना देखिएसँगै सरकार तथ्यांककाे वास्तविकतामा लागेकाे थियाे ।
कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसअघि सरकारले कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्यांक लुकाएको आरोप पनि लाग्दै आएको थियो । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस