राजनीति

आखिर कांग्रेस नै चाहिने रहेछ भन्ने कुरा पुष्टि भयाे : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले भोट दिएनन् तर आखिर कांग्रेस नै चाहिने रहेछ भन्ने कुरा पुष्टि भएकाे बताएका छन् । 

महेन्द्रनारायण निधिको ९९ औँ जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा उनले केही गरेन भनेर विरोध गर्नेहरूले नै अहिले कांग्रेसलाई खोजिरहेको बताएका हुन् ।

सभापति देउवाले भने, ‘भोट दिने बेला कांग्रेसलाई नदिने आखिर कांग्रेस नै रहेछ भन्ने बुझियो । कांग्रेसबाट आशा गरेकोमा सबैलाई धन्यवाद ।’

कांग्रेसले केही गर्दैन भनेर विरोध गरिरहेकाहरू अहिले कांग्रेसलाई खोज्न थालेको र केही आशा गर्नु राम्रो पक्ष भएको देउवाले बताए । 

उनले नेकपाभित्र दुइटा समूह देखिएको तर पार्टी कानुनी रूपमा एक नै रहेको बताए । प्रधानमन्त्री केपी ओलीका सामु संसदमा बहुमत सिद्ध गर्ने वा सरकार छाड्ने दुईवटा विकल्प रहेको बताएका छन् ।

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि आफूले निर्वाचन वा पुनःस्थापना दुवै स्वीकार्ने बताएकोमा अन्यथा नलिन देउवाले आग्रह गरे ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत