राजनीति

देउवा निवासमा तीन नेताबीच के छलफल भयाे ?

काठमाडाैं। नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

बुधबार बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई अब सँगै मिलेर जान दाहाल-नेपाल समूहले आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते भएको संसद विघटन असंवैधानिक ठहर गर्दै मंगलबार सर्वोच्च अदालतले सो विघटन बदरको घोषणा गरेपछिको अवस्थाबारे उनीहरुबिच छलफल भएको हो ।

दाहाल र नेपालले सँगै मिलेर अघि बढ्न गरेको आग्रहको जवाफमा कांग्रेस सभापति देउवाले भने पार्टीभित्र छलफल गरेर अब कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने बताएका थिए । बैठकपछि अध्यक्ष नेपालले आफूहरुले अब आफ्नो पार्टी मिलेर अघि बढ्न चाहेको र कांग्रेससँग मिलेर संयुक्त सरकार बनाउन चाहेको देउवालाई बताएको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन दबाब परिरहेको र राजीनामा नदिएमा अविश्वासको प्रस्ताव मार्फत हटाउने रणनीतिमा रहेका दाहाल-नेपाल भावी राजनीतिक समिकरणका लागि कांग्रेसको साथको खोजीमा छन् ।

गाउँ सहर संवाददाता

Prem Thapa लेख्नुहुन्छ १२ फाल्गुण, २०७७ ४:१० pm

Sab yeutaie dyanka .......haru hun prayog vaie sakeyka nalayak haru hun....

तपाईँको मत