राजनीति

फैसलाले अदालतप्रति आस्था र विश्वास अझ बढाएको छ : नेविसंघ

काठमाडाैं । नेपाल विद्यार्थी संघले सर्वोच्च अदालतको फैसला लोकतन्त्र, संविधान र नेपाली जनताको पक्षमा रहेको भन्दै यो फैसलाले नेपाली जनतामा अदालतप्रति आस्था र विश्वास अझ बढाएको बताएको छ ।

संघका अध्यक्ष राजिब ढुंगानाले एक बिज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस र यसका सबै भातृ संस्था सधैँ बिधिको शासनको पक्षमा रहने, सधैँ अदालतको निर्णयको सम्मान गर्ने र यो निष्ठालाई गलत ढंगले प्रचार गर्नेहरु आज परास्त भएको जनाएका छन् ।

संघका महामन्त्री बलदेब तिमल्सिनाले फैसलापछि  जनताले जितेको दिन भन्दै सर्वसत्तावादी र प्रतिगामी ओलीको असंबैधानिक कदमलाई बदर गर्दै सर्बोच्च अदालतबाट आएको फैसला स्वागत योग्य रहेको भन्दै बिधिलाई मिच्ने र अधिनायकवाद लाद्न खोज्ने जो कोहीलाई पनि लोकतन्त्र र विधिको शासन अगाडी घुँडा टेक्न बाध्य बनाइने बताएका छन् । महामन्त्री तिमल्सिना ले भने, 'ईतिहास साक्षी छ, जीत सधैं सत्य र न्यायकै पक्षमा हुन्छ ।'
 

गाउँ सहर संवाददाता

तपाईँको मत