स्वास्थ्य

विश्वभर काेराेनाभाइरस सक्रियमध्ये २ कराेड १८ लाखकाे अवस्था सामान्य, ९२ हजार चिन्ताजनक

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १९ लाख १७ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ८ करोड ८२ लाख २५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ११ करोड २६ लाख ३८ हजार नाघेको छ भने मृतकको संख्या २४ लाख ९५ हजार ३३९ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९२ हजार १८२ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ८८ लाख ९७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख १४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १६ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ९२ लाख १२ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९१ लाख ७० हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १० लाख २९ हजार ३२६ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५६ हजार ५९८ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ७ लाख २४ हजार १४४ जना निको भएका छन् । सक्रिय केस १ लाख ४८ हजार ५८४ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड २ लाख ६० हजार जना संक्रमितमध्ये ९२ लाख १५ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ४८ हजारभन्दा बढी छन् । हाल ७ लाख ९६ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७३ हजार ६६६ जना पुगेका छन् भने २ लाख ७० हजार ६८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार ६५ पुगेको छ भने १ हजार ५३३ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत