वातावरण

देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ ।

हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा  रहेको छ ।

आज दिउँसो १, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  पहाडी भू-भागका एक–दुई स्थानमा अपराह्नतिर मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत