खेल

आज पनि 'बी' डिभिजन लिगकाे दुई खेल

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ । पहिलो खेलमा बाँसबारी क्लब र टुसाल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बाँसबारी र टुसालबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा श्री कुमारी क्लब र श्री भगवती क्लबबीच खेल अपरान्ह ३:३० बजे सुरु हुनेछ ।

कोरोना भाईरसको कारण गत वर्षबाट स्थगित लिग सोमबारबाट पुन: सुरु भएको हो । 

मंगलबार भएको खेलमा खुमलटारले पुल्चोक स्पोर्ट्स क्लबलाई ५-२ गोल अन्तरले पराजित गरेकाे छ भने नयाँबस्तीले मध्यपुर युथ एसोसिएसनलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुने छन् भने एक टिम 'सी' डिभिजनमा घटुवा हुने छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत