गाउँ सहर

प्रधानमन्त्री ओलीकाे खल्लाे ‘बर्थ डे !’

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे मङ्गलवार ७० औँ जन्मदिन । उनी परिवारका सदस्यको उपस्थितिमा बालुवाटार प्रधानमन्त्री निवासमा जन्मदिन मनाउदै गर्दा नचाहेकाे समाचार खबर सुने त्याे हाे "सर्वाेच्च अदालतद्वारा प्रतिनिधि सभा पुनःस्थापनकाे फैसला" ।

बालुवाटारभित्र जन्मदिनको कार्यक्रममा प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यका साथै केही आफन्त उपस्थित भएका छन् । परिवारका सदस्यहरूसँग मिठाइ, फलफूलसहित जन्मदिन मनाइरहँदा यता प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेकोप्रति प्रचण्ड-माधवपक्षीय नेकपाका अध्यक्षद्वयले खुशी साटासाट गरेका छन् ।

पूर्वनिर्धारित सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एक अर्कालाई लड्डु खुवाएर खुशी साटासाट गरेका हुन् ।

त्यसाे त याे फैसला अप्रत्यासित भने थिएन प्रधानमन्त्री ओली लागि । केही दिनकाे उनकाे भाषणमा परिवर्तनका छनक देखिएका थिए । आजै (मंगलबारै) पनि ओलीले संसद् पुनःस्थापना भए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल प्रधानमन्त्री खोज्दै आफैं भएको ठाउँमा आइपुग्ने भन्दै केही संकेत गरेका थिए । राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भनेका थिए,-

‘कथंककदाचित संसद् पुनःस्थापना भइहाल्यो भने प्रचण्डजी र माधवजी हल बाँधिएर प्रधानमन्त्री खोज्न हिँड्नु हुन्छ, उहाँहरु कहिले उत्तर, कहिले दक्षिणतिर लाग्नु हुन्छ प्रधानमन्त्री भइदिनुस् न भन्दै’, उनले भने,’ ‘उहाँहरु प्रधानमन्त्री बन्ने अलिकति पनि सम्भावना छैन । उहाँहरुले लडाईं जित्नु भयो भने पनि प्रधानमन्त्री खोज्दै हिँड्नु पर्ने हो । खोज्दै हिँड्दा अन्तिममा मै कहाँ आइपुग्ने हुन्।’

प्रधानमन्त्री ओलीले पार्टी फुटाएर बाहिर अल्मलिएर बस्नुभन्दा बाटो सच्चाएर पार्टीमा फर्किन आग्रह गरे ।

‘मलाई प्रचण्डजीको माया लाग्छ, के खान गएको कहाँ डुबिएर मर्‍यो भन्ने जस्तै भएको छ उहाँलाई’, ओलीले भने, ‘लामो संघर्षबाट यहाँसम्म आइपुगेको छौँ । जस्तोसुकै परिस्थिति सामना गर्न तयार छौँ ।’

गाउँ सहर डेस्क

तपाईँको मत