विश्वविद्यालयको स्नातक तहमै उत्कृष्ट हुन सफल भइन् श्रेया पौडेल
- गाउँ सहर संवाददाता
- ११ फाल्गुण मंगलबार, २०७७ | १९:०३:०० मा प्रकाशित
काठमाडाैँ विश्वविद्यालयले स्नातक संकाय तर्फको उत्कृष्ट विद्यार्थीको अन्तिम नतिजा प्रकाशित गरेको छ ।
ब्याच २०१६-२०२० को समूहमा चिकित्सा अध्ययन बाहेक सम्पूर्ण विश्वविद्यालयको स्नातक तहमै उत्कृष्ट हुन सफल भएकी छन् श्रेया पौडेल ।
धुम्बाराहीस्थित नेशनल कलेजमा काठमाडौँ विश्वविद्यालयद्वारा मान्यता प्राप्त ब्यचेलर इन डेभलप्मेण्ट स्टडिज (विकास अध्ययन) मा चार वर्षे अध्ययन पूरा गरेकी पौडेल विश्वविद्यालयको सम्पूर्ण स्नातक तहका बाँकी सबै सहपाठीलाई उछिन्दै यसवर्षको सर्वोत्कृष्ट अंक जिपिए ४.० ल्याउँदै उपकुलपति स्वर्ण पदकको एकलो हकदार भएकी हुन् ।
विश्वविद्यालयले हरेक वर्ष स्नातक, स्नातकाेत्तरलगायत एमफील तथा विद्यावारिधीमा उत्कृष्ट अंक ल्याउनेलाई स्वर्णपदक प्रदान गर्दै आएको छ । यो उपाधी नेशनल कलेजको विद्यार्थीले प्राप्त गरेको पााँच पटक हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्राप्त प्रतिक्रिया
Kam xaina nepal ma jati mark lyapani
प्रतिकृया दिनुहोस