विवरण सही ढंगले नपठाउँदा बीमा दावी प्रमाणीकरणमा समस्या : स्वास्थ्य मन्त्रालय
- गाउँ सहर संवाददाता
- ११ फाल्गुण मंगलबार, २०७७ | १५:५५:०० मा प्रकाशित
काठमाडाैं । कोरोना संक्रमितको विवरण तोकिएकाे ढाँचामा सही ढंगले नपठाउँदा बीमा दावी प्रमाणीकरणमा समस्या भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
सरकारले कोभिड-१९ परीक्षण गर्ने प्रयोगशालाको लापरबाहीले कोरोना बिमा गरेका संक्रमितले रकम पाउन नसकेको दावी गरेको छ ।
प्रयोगशालाहरुले कोरोना परीक्षणको नतिजा नेशनल टेस्टिङ गाइडलाइनले तोकेको ढाँचामा २४ घण्टाभित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा पठाउनुपर्नेमा नपठाएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विवरण सही ढंगले नपठाउँदा बीमा दावी प्रमाणीकरणमा समस्या भएको मन्त्रालयका सहायक प्रवक्ता डा. समीरमणि अधिकारीले बताएका छन् ।
मन्त्रालयले फागुन १० देखि अघि परीक्षण गरिएको तर तोकिएअनुसार पठाउन छुट भएका कोरोना संक्रमितको विवरण तोकिएकै ढाँचामा अनिवार्य रुपमा पठाउन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस