अर्थतन्त्र

राष्ट्र बैंकले आजबाट १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ ।

बैंकका अनुसार ‘विकास ऋणपत्र, २०८५ घ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो ।

कूल आठ वर्षे अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ ।

बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले सो ऋणपत्र खरिद गर्न सक्नेछन् । सो ऋणपत्र धितोमा राखेर कर्जा लिन वा दिन पाइने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी गरी दुई ढाँचामा विकास ऋणपत्र खरिदका लागि बोलकबोल प्रक्रियामा भाग लिन पाइनेछ । कूल बिक्री गर्न लागिएको रकममध्येको प्रतिस्पर्धीतर्फ ८५ प्रतिशत बराबरको रु. आठ अर्ब २५ करोड र अप्रतिस्पर्धी तर्फको १५ प्रतिशत अर्थात् रु. एक अर्ब ५० करोड गरी विभाजन गरिएको छ ।

घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रु. ५० हजारले भाग गर्दा निशेषः भाग जाने अङ्कमा खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

सो ऋणपत्र खरिदका फागुन ११ गते राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा गोप्य रुपमा बोलपत्र पेस गर्नु पर्नेछ । यसरी पेस गरिएको बोलपत्र माघ १२ निष्कासन गर्ने राष्ट्र बैंकले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत