गाउँ सहर

प्रधानमन्त्री ओलीले बाेलाए सुरक्षा परिषद्काे बैठक

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठकको बाेलाएका छन् ।

ओलीले सुरक्षा परिषद्को नियमित बैठक मंगलवार बिहान साढे ९ बजेका लागि बोलाएको निजी सचिवालयले जनाएको छ ।

नियमित बैठक भनिए पनि आजको बैठकलाई महत्त्वका साथ हेरिएको छ ।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएकाे भाेलीपल्टै ओलीले सुरक्षा परिषद्को बैठक बाेलाएका हुन् । 

आजको बैठकलाई अर्थपूर्ण मानिएको छ । गम्भीर सुरक्षा चुनौती देखिँदा यस्तो बैठक बोलाइने गरिन्छ ।

आजका लागि आह्वान गरिएको बैठक नियमित बैठक मात्रै भएको रक्षा मन्त्रालयका सचिव एवम् सुरक्षा परिषद्का सदस्य सचिवसमेत रहेका रेश्मीराज पाण्डेले बताएका छन् ।

परिषद्मा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति सदस्य रहने र रक्षा मन्त्रालयका सचिव सदस्य सचिव भएर काम गर्ने व्यवस्था रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत