वातावरण

मंगलबार तीन प्रदेशमा वर्षाकाे सम्भावना,

काठमाडाैं । माैसम पूर्वानूमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको जनाएकाे छ । हाल देशका केही पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा  रहेको छ ।

मंगलवार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य  पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत