प्रेरणा

आफ्नो देश, राज्य, नगर/गाउँ, संस्था वा परिवारको कुनै नराम्रो कुरा सुने प्रतिष्ठा बचाउने प्रयास तुरुन्तै गर्नुहोस्

काठमाडौँ । हुन त अहिले समाज बिग्रँदै गएको छ । के आफ्नो अनि के पराई जस्तै भएको छ । तर राष्ट्रियता, समाज वा परिवारको बारेमा कसैले नराम्रो बोले वा गरेमा हामी तुरुन्तै जागरुक हुन्छौँ । भावनाले ओतप्रोत हुन्छौँ । तुरुन्तै प्रतिक्रियामा उत्रन्छौँ ।

यसै सन्दर्भमा यो घटना मनन गरौँ ।

स्वामी रामतीर्थ नामका एक महान सन्त थिए । जब उनी जापान गए, त्यहाँ एक दिन रेलको यात्रा गरिरहेका थिए । उनलाई भोक लागिरहेको थियो । सो समय उनी केवल फल मात्र खान्थे । एक स्टेशनमा जब रेल रोकियो, तब उनी तुरुन्तै उत्रिए र स्टेशनमा फल खोज्न थाले । तर उनलाई राम्रो फल मिलेन ।

स्वामी पुनः रेल चढेर आफ्नो स्थानमा बसे । उनले भने- सायद जापानमा राम्रो फल मिल्दैन ।

नजिकै बसेका जापानी युवकले उनको कुरा सुने तर सो समय उनी बोलेनन् ।

अर्को स्टेशनमा जब रेल रोकियो, जापानी युवक तुरुन्तै स्टेशनमा उत्रिए र राम्रो फलको एउटा टोकरी लिएर आए । उसले त्यो टोकरी स्वामीलाई दिए । स्वामीलाई पहिले त फल बेच्ने लाग्यो । उनले ती युवकलाई फलको पैसा दिने कोसिस गरे, तर युवकले भने- मलाई पैसा चाहिँदैन । म यतिमात्र भन्छु कि जब तपाईं आफ्नो देश जानुहुन्छ त्यहाँ यो नभन्नुहोस कि जापानमा राम्रो फल पाउँदैन ।

स्वामीले ती युवकको कुरा सुनेर हैरान भए । उनले यो किस्सा उनकाे देश फर्केर कयौँपटक आफ्ना शिष्यलाई सुनाए । कसरी एक जापानी युवक आफ्नो देशको लागि यति इमान्दार हुन सक्छ र यति राम्रो सोच्न सक्छ भनेर ।

यसकारण हामी पनि आफ्नो देश, राज्य नगर/गाउँ, संस्था वा परिवारको लागि इमान्दार रहनु पर्दछ । जब कोहि व्यक्तिले कुनै गलत बोल्दछ वा गर्दछ भने प्रतिष्ठा बचाउनको लागि तुरुन्तै प्रयास गर्नुपर्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत