स्वास्थ्य

साेमबारसम्म ४,१४,२१५ ले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ । नेपालमा ४,१४,२१५ जनाले खोप लगाएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फाल्गुण १० सोमबारसम्म सो संख्याले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

यसमा ६४.९४% पुरुष र ३५.०६% महिला रहेका छन् ।

मन्त्रालयले देशभरका १६५ खोप केन्द्रबाट प्राथमिकीकरणमा खोप लगाइरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत