जीवनशैली

एक्लोपनामा उत्साहको रंग कसरी भर्ने ? अर्काको सहारा बन्नुहोस् र नयाँ केहि गर्ने सोच्नुहोस्

काठमाडाैँ । जीवनमा कयौँपटक उत्साहको कमी हुन्छ । विशेषगरी उनीहरुको लागि जो एक्लो रहन्छन् वा कुनै कारणले एक्लो रहन बाध्य हुन्छन् ।

एक्लो रहने व्यक्तिसँग धेरै चुनौति आउँछन् । यस्तो अवस्थामा कुनै कार्य उनीहरुको लागि मद्यतकारी हुन सक्छ । उनीहरुलाई नयाँ उर्जा मिल्छ ।

सहारा बन्नुहोस्
थोरैपनि समय मिलेमा, अर्कालाई मद्यत गनुृहोस् । वृद्धाश्रम वा अनाथ आश्रममा गएर वृद्ध वा वच्चाको साथमा समय बिताउनुहोस् । उनीहरुसँग बसेर दुःख सुखका कुरा गर्नुहोस् । उनीहरुको समस्या बुझ्नुहोस् र मिलेर समाधान गर्ने कोसिस गर्नुहोस् । यसो गर्दा उनीहरुलाई पनि राम्रो लाग्नेछ र आफूलाई पनि स्फूर्त आउनेछ ।

क्रियाकलापको खोजी गर्नुहोस्
यस्तो क्रियाकलापको खोजी गर्नुहोस् जसले समूहमा लैजान सकोस् । उदाहरणको लागि फोटोग्राफीमा भाग लिनुहोस् । कार्यशाला, नयाँ भाषा सिक्नुहोस्, क्लव वा कुनै संस्थासंग जोडिनुहोस् । जहाँ विभिन्न कुरा साझा गर्ने थलो हुनसक्छ र विचारको आदान प्रदान हुने गर्दछ ।

मिलजुलको दायरा फराकिलो बनाउनुहोस्
खुसी रहन चाहनुहुन्छ भने परिचितको दायरा बढाउनुहोस् । मानिसहरुलाई घरमा बोलाउनुहोस् । यसले आउने जाने क्रम बढाउने छ । आफू र उनीहरु सहारा बन्नेछन् । यसले जीवनमा उत्साह भर्नेछ ।

मानसिक स्वास्थ्य
तपाईं सामाजिक रुपमा सक्रिय रहनुहुन्छ, भेट्नुहुन्छ, कुरा गर्नुहुन्छ भने तपाईंको मानसिक स्वास्थ्य उत्कृष्ट हुन्छ । कयौँ अनुसन्धानबाट पनि प्रमाणित भइसकेका छन कि सामाजिक सक्रियताले मानसिक स्वास्थ्य थप चुस्त बनाउँछ । यदि तपाईं दिनमा १० मिनेट पनि कसैसँग भेट्नुहुन्छ भने एक्लोपना दूर भएर जान्छ ।

व्यवहारिक बन्नुहोस्
जागीर वा पढाईको दौरानमा पराई शहरमा एक्लो भए आफ्नो व्यवहारमा पनि परिवर्तन ल्याउनु जरुरी हुन्छ । कलेज वा कार्यालयका साथीहरुसँग हेलमेल बढाउन सक्नुहुन्छ ।

राम्रा किताबहरु पढ्नुहोस् 
तपाईंको जीवनमा उत्साह ल्याउने अर्को महत्वपूण कडी पुस्तक हो । यसमा पनि राम्रा र जीवनउपयोगी किताबले मान्छे बनाउँछ । किताबले व्यक्तिको कल्पनाशिलता बढाउँछ, जीवनमा उत्साह भर्छ ।

मद्यतको काम गर्नुहोस्
समाजसेवासँग जोडिएको काममा रुची बढाउनुहोस् । आफ्नो दैनिक या साप्ताहिक जीवनमा समय निकालेर यो क्रमलाई बढाउनुहोस् । यो कार्यमा अन्यको सहयोग लिन सक्नुहुन्छ । कुनै अनौपचारिक समूह बनाएर पनि मद्यत गर्न सकिन्छ ।

काम एक, तरिका दुई
कुनै कार्यलाई जहिल्यै एकै तरिकाबाट गर्नुहुन्छ भने त्यसको तरिकामा परिवर्तन गरेर हेर्नुहोस् । एक कार्य दुई तरिकाबाट गर्नुहोस् जसले क्षमता पनि बढाउँछ र रचनात्मक पनि बनाउँछ ।

गाउँ सहर डेस्क

तपाईँको मत