स्वास्थ्य

विश्वभर काेराेना : ११ कराेड १९ लाख संक्रमित, ८ कराेड ७३ लाख निकाे, २४ लाख ७७ हजारकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड २१ लाख ५६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ८ करोड ७३ लाख १२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ११ करोड १९ लाख ५३ हजार नाघेको छ भने मृतकको संख्या २४ लाख ७७ हजार ८१० जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९३ हजार ९२४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ८७ लाख ६५ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ११ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १६ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ८९ लाख ७३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९२ लाख ८१ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १० लाख ५ हजार ७१ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५६ हजार ४१८ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ६ लाख ९७ हजार ४१ जना निको भएका छन् । सक्रिय केस १ लाख ५१ हजार ६३९ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड १ लाख ६८ हजार जना संक्रमितमध्ये ९० लाख ९५ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ४६ हजारभन्दा बढी छन् । हाल ८ लाख २६ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७३ हजार ४३१ जना पुगेका छन् भने २ लाख ६९ हजार ८७६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार ६१ पुगेको छ भने १ हजार ४९४ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत