प्रेरणा

कुशल राजनीतिज्ञ अब्राहम लिंकनका केही प्रेरणादायी भनाइहरू

अमेरिकाका सोह्रौं राष्ट्रपतिको नाम हो अब्राहम लिंकन ।अब्राहम लिङ्कनले अमेरिकालाई दासताबाट मुक्ति दिलाएका कारण विश्वभरिका मानिसहरु अझै पनि उनलाई अत्यन्तै आदर, सम्मान र श्रद्धाका साथ सम्झने गर्छन् । त्यसमाथि थप, उनको सरल स्वभाव र अरुले सिक्नै पर्ने जीवनशैलीका कारण पनि मानिसहरु उनलाई निक्कै मन पराउने गर्छन् । उनका केही चर्चित भनाइहरू :

१. प्रजातन्त्र भनेको जनताको, जनताको लागि, जनता द्वारा गरिने शासन पद्दती हो ।

२. मलाई रूख ढाल्न छ घण्टा देउ र म पहिलो चार घण्टा बन्चरो उदाउन लगाउनेछु ।

३. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रू हुन्छ ।

४. भविष्यको बारे एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउदछ ।

५. मेरो चिन्ता तिमी असफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरता प्रति छ ।

६. अन्त्यमा यो गनिदैन कि जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं ।

७. आफैमा विभाजित गृह कहिल्यै पनि माथी उठ्न सक्दैन ।

८. तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैभरी मूर्ख बनाउन सक्दछौ तर सबैलाई सधै मूर्ख बनाउन सक्दैनौं ।

९. म अहिले जँहा छु र जे बन्ने बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति रिणी छु ।

१०. म मेरी आमाका प्राथनाहरू अझै सम्झन्छु जसले मलाई पच्छ्याइरहन्छन । जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत