समाज

पाँचगाउँ शेर्पा किदुकको आयोजनामा ल्होसार पर्व

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक पाँचगाउँ शेर्पा किदुक समाजले ल्होसार पर्व मनाएकाे छ । 

समाजले शेर्पा पार्टी प्यालेस जोरपाटीमा शुभकामना आदनप्रदान कार्यक्रमसहित आयोजना गरी मनाएको हाे । 

आयोजकले २१४८ औं ग्याल्बो ल्होसारलाई भव्य मनोरन्जनात्मक तवरले मनाउने लक्ष्य अनुरुप उक्त कार्यक्रममा कलाकारहरु डोमा ह्योल्मो, तेम्बो लामा, डि. जे. ङ्वाङ, साङ्गे शेर्पा लगायतले गीति गुञ्जन, हास्यव्यङ्ग्यसहित भरपुर मनोरञ्जनत्माक प्रस्तुतीले कार्यक्रमको मनोरञ्जनमा थप उर्जा पैदा भएको समाजका अध्यक्ष पासाङ लामाले बताए ।

नेपाल विद्युत प्राधिकरणका पूर्व महानिर्देशक कुलमान घिसिङ्‌को प्रमुख आतिथ्यता तथा नेपाल शेर्पा संघ बागमती प्रदेश समिति अध्यक्ष आङछिरीङ शेर्पा, जनप्रतिनिधी, शेर्पा समाजका विशिष्ट व्यक्तित्वहरू लगायत अन्य सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको बताए 

२०७४ सालमा विधिवध दर्ता भइ शेर्पा समुदायको सामाजिक, सांस्कृतिक, धार्मिक संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्य अनुरूप गठन एवं दर्ता भइ संचालित संस्थाले सामुदायिक विकास, श्रोत परिचालन, पर्यटन प्रर्वधन लगायत अन्य दैवीप्रकोप सहयोग संचालन गर्ने समेत रहेको समाजका अध्यक्ष पासाङ लामाले बताए ।

यस समाजमा ५००/६०० शेर्पा घरधुरीहरु समावेश छन् । तीन वर्षे कार्यकालको अन्तमा यस कार्यक्रमको आयोजना गरेको समेत बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत