स्वास्थ्य

देशभर काेराेनाकाे सक्रिय संक्रमित अब १ हजार ४९४ मात्र, २ हजार ६१ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ । भाइरसबाट अहिलेसम्म मृतकको संख्या २ हजार ६१ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२१ जनाले स्वास्थ्य लाभ गरेका छन भने ८० नयाँ संक्रमित थपिएका छन् ।

नयाँ संक्रमितसहित कुल संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ भने स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ ।

अहिले देशमा सक्रिय संक्रमितको संख्या १ हजार ४९४ छ । आजसम्म २१ लाख ३९ हजार ६३४ जनाको पिसिआर टेस्ट भएको मन्त्रालयले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत