अर्थतन्त्र

सामान्य अंकले बढ्यो शेयर बजार, पौने ९ अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजार सामान्य सुधार देखिँदा सेन्सेटीभ परिसूचक भने घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर  कारोबार मापक नेप्से परिसूचक ३.६६ अंकले बढेर २६४०.३४ विन्दुमा पुगेको छ । नेप्से ०.१४ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक २.२० अंकले घटेर ४७९.५८ मा पुगेको छ ।

कूल २०७ वटा कम्पनीको २ करोड ४३ लाख ५ हजार ६६ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९ सय ६७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ वटा उपसमूहको शेयर  बढेको छ भने बाँकी ५ वटा उपसमूहको शेयर  घटेको छ ।

त्यसैगरी, आइतबार कारोबार रकमको आधारमा नेपाल बैंक अग्र स्थान कायम गरेको छ । आइतबार अपर तामाकोशी, शिव श्री हाइड्रोपावर, निफ्रा लगायतका सेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत