गाउँ सहर

घुस सहित मालपोतका कर्मचारी अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घुस सहित मालपोतका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

आयोगले बारा स्थित मालपोत कार्यालयका कार्यालय प्रमुख नायब सुब्बा मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।

उनीहरुले ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने सर्तमा घुस रकम माग गरेका थिए ।

उक्त सूचनाका आधारमा आयोगको टंगालबाट खटिई गएको टोलीले घुस लिइसकेको अवस्थामा जर्गा होटलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको बताइएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत