अर्थतन्त्र

मुक्तिनाथ विकास बैंकको जिज्ञासाबारे 'आक्स मुक्ति भाइ' ले समाधान गरिदिने

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको जिज्ञासा बारे 'आक्स मुक्ति भाइ' ले समाधान गरिदिने भएको छ । बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि ‘आक्स मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन ) सहयाता सेवा आफ्नो वेबसाइट मार्फत सञ्चालनमा ल्याएको हो ।

ग्राहकहरुले यस भर्चुअल सहयाता (Virtual Assistant) सेवामार्फत छिटो, छरितो र सहज रुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् । यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ धण्टा लिन सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्स (Artificial Intelligence) आधारित यो च्याटवट (Chatbot) सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । 

यस सेवाको लागि बैंकको वेबसाइट (www.muktinathbank.com.np) मा गएर दायाँतर्फ Ask Mukti Bhai वा बैंकको मासकट ‘मुक्तिभाई ’ किल्क गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिने छ ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुनसुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । 

त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत