समाज

चित्तलको छालासहित  एक जना पक्राउ

धनगढी ।  चित्तलको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बझाङमा चित्तलको छालासहित १ जना पक्राउ गरेको हो । 

जिल्लाको बुङ्गल नगरपालिका–८ बाट चित्तलको छालासहित स्थानीय रघुवीर बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बोहरामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत