अर्थतन्त्र

आइतबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

शुक्रबारको तुलनामा आइतबार सुन तोलाको ८ सय रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ, तेजावी ८८ हजार ५५० रुपैयाँ र चाँदी १ हजार ३३० रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाला सुनको मूल्य तोलाको ८८ हजार २ सय रुपैयाँ, तेजावी ८७ हजार ७५० रुपैयाँ र चाँदी १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।

गत हप्ताको बुधबार देखि निरन्तर घटिरहेको सुनको मूल्य आज बढेको महासंघले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत