समाज

सवारी दुर्घटना : दुई युवाको मृत्यु

सुनसरी । मोरङको उर्लाबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार राति भएको सवारी दुर्घटनामा परेर २ युवाको मृत्यु भएको छ ।

गाडीलाई ओभरटेक गरिरहेको ट्रकमा तीव्र गतिमा रहेको स्कुटर आएर ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क १०३५ नम्बरको ट्रकसँग विपरीत दिशाबाट आउँदै गरेको को ३१ प ५१ नम्बरको स्कुटर ठोक्किएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परेर स्कुटरमा सवार उर्लाबारी–८ सिसौलीका २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल दुवै जनाको उर्लाबारीस्थित अरनिको अस्पतालमा राति ८ः१५ बजेतिर ज्यान गएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारीे दिए ।

ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत