गाउँ सहर

बाबुराम भट्टराई उपचारका लागि भारत जाँदै, ट्युमर भएको आशंका

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि भारतको नयाँ दिल्ली जाने भएका छन्  ।

उनी आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका छन् ।

उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएको उनको सचिवालयले जनाएको छ ।

अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन् ।

दिल्लीमा उनको उपचार 'इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस'मा हुनेछ ।

उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ । उपचारका क्रममा उनीसँग हिसिला यमी र उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहनेछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत