स्वास्थ्य

विश्वभर काेराेनाबाट ८ कराेड ६८ लाख मानिस संक्रमणमुक्त, ९३ हजार सिकिस्त बिरामी

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड २३ लाख ३ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ८ करोड ६८ लाख ८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ११ करोड १६ लाख ४० हजार नाघेको छ भने मृतकको संख्या २४ लाख ७१ हजार ४६६ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९३ हजार ९९० जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ८७ लाख ६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १७ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ८८ लाख ९९ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९२ लाख ९७ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ९ लाख ९१ हजार ९१ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५६ हजार ३३९ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ६ लाख ८७ हजार ५३८ जना निको भएका छन् । सक्रिय केस १ लाख ४७ हजार २१४ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड १ लाख ३९ हजार जना संक्रमितमध्ये ९० लाख ६७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ४६ हजारभन्दा बढी छन् । हाल ८ लाख २५ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७३ हजार ३५१ जना पुगेका छन् भने २ लाख ६९ हजार ७५५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार ६१ पुगेको छ भने १ हजार ५३५ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत