गाउँ सहर

‘ॐ’ जप गर्दा के हुन्छ ?

घरमा पूजा गर्दा होस् वा कुनै शुभ कार्य गर्दा होस् वा मन्दिरमा पुजारी व्राह्मणहरूले पूजा गर्दा ॐ भनेपछि मात्रै अन्य काम शुरु गर्छन् । ॐ अर्थात ओम । यसलाई ओमकार वा प्रणव पनि भनिन्छ । यति एउटै शब्द, जले सम्पूर्ण ब्रम्हाड समेटेको छ । ओम धार्मिक होइन, यो हिन्दु धर्म, जैन धर्म, बौद्ध धर्म, सिख धर्म जस्ता केही धर्ममा एक पारम्पारिक प्रतिक र पवित्र ध्वनीको रुपमा प्रकट हुन्छ ।  यो सार्वभौमिक हो । यसमा नै पुरा ब्रम्हाण्ड छ ।

‘ॐ’ध्वनी सबै भन्दा सुस्मत्मध्वनीहरु ‘अ’, ‘उ’ र ‘म’ध्वनीहरुको संयुक्त रुप हो । ‘अ’, ‘उ’ र‘म’सबै ध्वनीहरुका जननी ध्वनी हुन् । ‘अ’, ‘उ’ र ‘म’मध्य कुनै एकको प्रयोग नगरी कुनै ध्वनीको उच्चारण सम्भव नै छैन ।

यि ध्वनीहरु विना कुनै किसिमको ध्वनीको अस्तित्व सम्भव छैन । तर कुरा यतिमा सिमित छैन । समग्र जगत र चराचर मात्राको जननी पनि‘ॐ’ध्वनी नै हो ।

सबै भौतिक वस्तु उर्जाका तरङ्ग नै हुन् भन्ने सन्दर्भमा अध्यातम विज्ञान र आधुनिक विज्ञान सहमत छन् । तर भेद कहाँ छ भने विज्ञानले करेन्टलाई उर्जाको सुस्मत्म रुप मान्दछ तर अध्यात्मले ध्वनीलाई उर्जाको अन्तिम रुप मान्दछ । अनि ध्वनिको सबै भन्दा सानो ईकाइ ‘अ’, ‘उ’ र ‘म’हो । तसर्थ ‘अ’, ‘उ’ र ‘म’ध्वनी सम्पूर्ण जगतको सुस्मत्म रुप हो ।

ओम’ यो शब्द हामी बेलाबखत जप गर्छौ । ओम जप गर्दा के हुन्छ ? मुखबाट ओम आवाज निकाल्दा त्यसले स्थुल शरीर र मनमा कस्तो प्रभाव पार्छ होला ?

पक्कैपनि यो शब्द जप गर्नु कुनै ढोंग मात्र होइन । आडम्बर होइन । यसमा वैज्ञानिक तथ्य पनि छ । धेरैजसो मन्त्रमा यो शब्द समावेश छ । हिन्दु मात्र होइन, वौद्ध, जैन, सिख सबै धर्मसँग यो शब्दको साइनो छ । 

सतहिमा हेर्दा ‘ॐ’ध्वनीको प्रयोग हिन्दु, बौद्ध र जैन धर्मालम्बीहरुले मात्रै प्रयोग गरेका पाइन्छन् । तर आध्यात्मक गुरुहरुका अनुसार मुसलमान, यहुदी र इसायीले आफ्नो प्रर्थानाको अन्तमा भन्ने शब्द ‘ओमन’ र ‘अमिन’, ‘ॐ’कै अपभ्रंस भएको रुप हो । त्यस्तै मुस्लिमले भन्ने ‘अल्लाह’ र इसाईले भन्ने Omnipresent, Omnipotent र Omniscient को Omni शब्द यसै ध्वनीबाट प्रभावित भएका हुन् ।

गायत्री मन्त्र- ॐ भूर्भुवः स्वः

माण्डूक उपनिषद्- ॐ यो अमर शब्द नै पुरा दुनिया हो

बौध्य मन्त्र- ॐ मणि पद्ये हूँ

गुरु गन्थ्र- एक ओंकार सतनाम

योग सूत्र- तस्य वाचकः प्रणवः

यी सबै मन्त्र वा श्लोकमा के समानता छ ? समानता हो, ॐ ।

ओमलाई प्रथम ध्वनी मानिन्छ । के भनिन्छ भने ब्रम्हाण्डमा भौतिक निर्माण अस्तित्वमा आउनुअघि जुन प्राकृतिक ध्वनि थियो, त्यो ओमको गुञ्जन थियो । यसैले ओमलाई ब्रम्हाण्डको आवाज पनि भनिन्छ ।

संस्कृत शब्द ॐ तीन अक्षरबाट बनेको छ , त्यो हो अ उ म १ यसको अर्थ हिन्दू धर्मको ‘माण्डूक्य उपनीषद’मा उल्लेख गरिएको छ ।

केवल १२ मन्त्र भएको सबैभन्दा छोटो उपनीषद्को रचना ई.पू. ८०० सालमा ऋषिहरूले गरेको मानिन्छ ।

‘अ’ अर्थात आदि, जसले व्रह्मलाई बुझाउँदछ ।

‘उ’ अर्थात उन्नती, जसले विष्णुलाई चिनाउँदछ ।

‘म’ अर्थात मृत्यु, जसले महेश्वरलाई बुझाउँदछ ।

उपनिषदमा उल्लेख भए अनुरुप‘ॐ’ध्वनीको अर्को अर्थ पनि लाग्छ । जसका अनुसार विगत, वर्तमान र भविष्य सबै ‘ॐ’ध्वनी नै हो । वास्तवमा जवसम्म व्रम्हाण छ, तव सम्म‘ॐ’ध्वनी निरन्तर गुञ्जयमान छ । विगतमा, अहिले र भविष्यमा‘ॐ’ध्वनी निरन्तर गुञ्जयमान छ, किनकी व्रम्हाणको सुस्मतम रुप नै ‘ॐ’ध्वनी हो । वास्तवमा भूत, वर्तमान र भविष्य भन्नु एकै हो । जन्म, जीवन र मृत्यु भन्नु पनि एउटै चिज हो । अर्थात ब्रम्हा, विष्णु र महेश भन्नु पनि एउटै हो ।

गाउँ सहर डेस्क

तपाईँको मत