एक सहकारी एक नमूनायोग्य कामका साथ अघि बढ्न सहकारीहरुलाई मन्त्री थापाको निर्देशन
- गाउँ सहर संवाददाता
- ८ फाल्गुण शनिबार, २०७७ | २१:२७:०० मा प्रकाशित
पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले एक सहकारी एक नमूनायोग्य कामका साथ अघि बढ्न सहकारीहरुलाई निर्देशन दिएका छन् ।
पोखरा महानगरपालिका वडा नं ३३ बाघमारामा प्रधान कार्यालय रहेको बाघमारा बहुउद्देश्यीय (साकोस) सहकारी संस्था लिमिटेडले पोखरा १७ विरौटाचोकमा शनिवारदेखि सञ्चालनमा ल्याएको सेवा केन्द्रको उद्घाटन गर्दै मन्त्री थापाले समृद्धि र विकासका लागि उत्पादनमुखी सोचका एक सहकारी एक नमूनायोग्य कामका साथ सहकारीहरु लाग्नुपर्नेमा जोड दिएका हुन् । गण्डकी प्रदेशमा मागको तुलनामा उत्पादन कम भएको बताउँदै मन्त्री थापाले यस्ता कुरालाई लक्षित गरी व्यवसायिकता वृद्धिका गर्नेतर्फ सहकारीहरु लाग्न आग्रह गरे ।
कृषि ऋण अन्यत्र प्रयोग हुनुहुँदैन भन्दै उनले मन्त्रालयले त्यसको निगरानी गरिरहेको बताए । उनले कृषिमा ११ प्रतिशत भन्दा कम व्याजदरमा लगानी गर्न सहकारीहरुलाई आग्रह गर्दै त्यसमा पनि ५ प्रतिशत किसानलाई नै फिर्ता गरिने साथै पर्ती जग्गामा खेती गर्नेलाई प्रति रोपनी ३ हजारका दरले विउ विजन किन्ने सुविधा उपलब्ध गराइने जानकारी दिए ।
गण्डकी प्रदेशका सचिव हरिराज पोखरेलले समृद्धि र विकासका लागि सहकार्यमा जोड दिए । पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले सहकारी मार्फत सानो पूँजी आर्थिक आयआर्जनका लागि बहुउपयोगी बन्ने गरेको बताउँदै आगामी दिनमा उत्पादनलाई लक्षित गरी बढ्न सुझाव दिए ।
सहकारीका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष सावित्रा कोइरालाले समाजलाई आर्थिक समृद्धितर्फ डो-याउनका लागि सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताइन् । पोखरा महानगरपालिकाकी सहकारी समिति सदस्य राधिका शाही योगीले सहकारीलाई थप व्यवस्थित बनाउँदै जाने तर्फ महानगरपालिका लागेको बताइन् ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष तीर्थराज अधिकारी पोखरा महानगरपालिका वडा नं ३३ का वडा सदस्य दिपक लामिछाने, नेकपा वडा नं १७ का अध्यक्ष सुवाष ढुंगाना, नेपाली कांग्रेसका क्षेत्रिय सभापती विजयराज आचार्य, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेल, सल्लाहकार यज्ञप्रसाद अधिकारी, अग्रसर वचत तथा ऋण सहकारीकी अध्यक्ष दुर्गा अचार्य, निलगिरी वचत तथा ऋण सहकारीका अध्यक्ष तीर्थराज अचार्य, जिल्ला सहकारी संघका पदाधिकारी, जिल्ला वचत संघका उपाध्यक्ष श्रीकान्त ढुंगाना,बाघमारा सहकारीका प्रकास अधिकारी, अर्जुन अधिकारी, टिकाराम पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
उक्त कार्यक्रमको संचालन संस्था सचिव नन्दलाल काफ्लेले गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस