नेपाल चिकित्सक सहकारीकाे स्वास्थ्य पत्रिका "डाक्साब" बजारमा
- गाउँ सहर संवाददाता
- ८ फाल्गुण शनिबार, २०७७ | २०:४७:०० मा प्रकाशित
काठमाडाैँ। चिकित्सकहरुबीच आर्थिक अभिवृद्धि गर्ने उद्धेश्यले गठन भएको नेपाल चिकित्सक सहकारीले स्वास्थ्य पत्रिका "डाक्साब" बजारमा ल्याएको छ।
सहकारीलाई नै माउ कम्पनी बनाएर विभिन्न क्षेत्रमा लगानी गर्न लागिएको सहकारीका उपाध्यक्ष चिकित्सक डा. सुशील ढुङेलले बताए। यसै अन्तर्गत पहिलो चरणमा डाक्टर्स मेडिया नेटवोर्क स्थापना गरिएको बताइएको छ।
नेटवर्कले "प्रकाशन गरेको सोही पत्रिकाको राजधानीमा शुक्रबार एक कार्यक्रमकाबीच जेष्ठ महिला डाक्टर सरस्वती पाध्यले सार्वजनिक गरिन्।
नेपालको स्वास्थ्य क्षेत्रका बारेमा आमसंचार माध्यममा देखिएको विविध समस्यालाई कम गर्नुको साथै निदानात्मक पाटोमा व्याप्त भ्रम चिर्न पनि चिकित्सकहरुकै पहलमा पत्रिका ल्याउनु परेको नेटवर्कका संयोजक डा. ढुङ्गेलले जनाए।
निकट भविश्यमा डाक्टरहरु मिलेर आफ्नै छुट्टै अस्पताल खोल्ने समेत लक्ष्य रहेको कार्यक्रममा जानकारी गराइएको थियो। सहकारी अन्तर्गत नै अर्को अन्लाइन "डक्पसल" समेत सञ्चालन गरिएको बताइएको छ।
सहकारीले आउँदा दिनमा विभिन्न क्षेत्रमा लगानी गर्ने योजना लिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस