समाज

३० लाखसहित १७ जुवाडे पक्राउ

ललितपुर । ललितपुरमा जुवा खेलिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ३० लाख ८४ हजार ४ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नम्बर २६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेहरुमा ४३ वर्षीय रामबहादुर लामा, ४० वर्षीय प्रकाश भण्डारी, ४७ वर्षीय लव कुमार बस्नेत, ४३ वर्षका राकेश महर्जन, ३९ वर्षीय दिनेश पुडासैनी, ५३ वर्षका हिटलर श्रेष्ठ रहेका छन् ।

यस्तै २८ वर्षीय अनिल महर्जन, ३६ वर्षीय श्रीकृष्ण खड्का, ४२ वर्षीय तुलसी राम महर्जन, ४६ वर्षीय सानु कान्छा महर्जन, ४५ वर्षीय पूर्ण श्रेष्ठ पनि पक्राउ परेका छन् ।

अन्य पक्राउ पर्नेमा ४८ वर्षीय विनोद प्रसाद घिमिरे, ४० वर्षीय पूर्ण मान माली, ५७ वर्षीय सानुकान्छा बस्नेत, ४६ वर्षीय राम खत्री, ३२ वर्षीय विनोद महर्जन र ५५ वर्षीय चिरीकाजी महर्जन रहेका छन् ।

उनीहरुको साथबाट नगर ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित १९ वटा तास बुक, १६ थान कौडा, तास खेल्दा प्रयोग गर्ने क्यारेमको गोटी ५ थान र तास खेल्दा प्रयोग गर्ने सिमीको दाना १५० थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत