समाज

करणी गरेको अभियोगमा एक युवक पक्राउ 

ललितपुर । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महांकाल गाउँपालिका–४ कालेश्वर खन्तिडाँडास्थित नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गरी बस्ने पर्सा पोखरिया नगरपालिका–८ घर भएका २१ वर्षीय राजकुमार ठाकुरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

 बालिकालाई विद्यालय पछाडिको जंगलमा बुधबार बिहान जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोन्ज्योसोम र प्रहरी चौकी कालेश्वरबाट खटिएको प्रहरीले राजकुमारलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत