अर्थतन्त्र

चितवनमा ट्राफिक जरिबाना भुक्तानी अब बैंकिङ्ग प्रणालीबाट 

काठमाडौँ । ट्राफिक जरिबाना भुक्तानी बैंकिङ्ग प्रणालीबाट हुने भएको छ । ग्लोबल आइएमई बैंकले चितवन जिल्लाको ट्राफिक जरिवाना बापत बुझाउनुपर्ने रकम बैंकिङ्ग प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको हो । 

ग्लोबल आइएमई बैंक र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारी अनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिबाना रकम बैंकका जुनसुकै शाखाकार्यालयबाट बुझाउन सकिने बैंकले जनाएको छ । 

चितवनमा आयोजित एक विशेष कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले उक्त सेवाको शुभारम्भ गरेका छन् । ग्राहकवर्गको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकले समय समयमा यस किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । 

बैंकका नारायणगढ शाखाका प्रबन्धक नारायण प्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैंकले आमजनमानसमा सरल सेवा प्रदान गर्ने बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत