राजनीति

प्रदेश २ को प्रदेश प्रमुखमा परियारलाई हटाएर झा नियुक्त

काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ अनुसार झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।

यसअघि प्रदेश २ को प्रदेश प्रमुख रहेका तिलक परियारलाई हटाएर झालाई नियुक्त गरिएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत