राप्रपा अध्यक्ष डा. लोहनी वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्ट
- गाउँ सहर संवाददाता
- ७ फाल्गुण शुक्रबार, २०७७ | १६:०७:०० मा प्रकाशित
काठमाडाैँ । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आज राप्रपा दाङले आयोजना गरेको सभालाई सम्बाेधन गरेका छन् । दाङको घोराही बजारमा प्रजातन्त्र दिवसको अवसरमा राप्रपाले आयोजना गरेको सभालाई सम्बाेधन गर्दै वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।
उनले भने, "राजनीतिक समस्या समाधान भएको र अब समृद्धिको युगको सुरुवात हुनेछ भनि तीन वर्ष अगाडि जनतालाई भनिएको थियो तर परिस्थिति ठिक उल्टो भएको छ । देशको राजनीति अस्थिर र अन्योलपूर्ण भएको छ । सरकारको गराई र भनाई विल्कुल फरक छ । भनाइमा जनताको हितको नारा छ, गराई भने सत्ताधारी पार्टीको भारदारी वर्गको भ्रष्ट स्वार्थमा राज्य केन्द्रित हुन थालेको छ । नारा प्रजातन्त्रको छ व्यवहार अधिनायकवाद र सर्वसत्तावाद उन्मुख रहेको छ ।"
स्वभावत देश अहिले आन्दोलित र अस्थिर हुँदैछ । यो स्थितिप्रति राप्रपा चिन्तित रहेकाे बताउँदै उनले यो किन भइरहेको छ र यसलाई कसरी नियन्त्रण गर्ने भन्ने वुँदामा सबै दल र पक्ष सम्मिलित गोलमेच सम्मेलन र संवाद अनिवार्य हुँदै गएको बताए । डा. लाेहनीले यस परिवेशमा राप्रपाले बाेकेको लोकप्रिय एजेन्डा संविधान भित्रको राजसंस्था र सर्वधर्म समभाव नेपालको पहिचान हिन्दूराष्ट्रको साथर्कता अब पहिले भन्दा पनि जरूरी भएकाे बताए । उनले यसबारे अब छलफल र विचार गर्नु पर्छ भन्ने पूर्व प्रम डा. बाबुराम भट्टराईको हालैको भनाइलाइ सबै पक्षले सकारात्मक रुपमा लिनु पर्ने समेत बताए ।
डा. लाेहनीले अगाडि भने- प्रम ओलीले संविधानमा कतै नभएको धारा प्रयोग गरि जनप्रतिनिधि मुलुक संस्था विघटन गरेपनि यसको अन्तिम फैसाल सर्वोच्च अदालतले गर्नेछ र त्यो फैसलाले राजनीतिक रुपमा वन्धक रहेको अवस्थाबाट मुलकलाई पार लगाउने छ ।
सभा राप्रपा जिल्ला अध्यक्ष छत्र बहादुर शाहको सभापतित्वमा सम्पन्न भएको थियो । सो सभालाई राप्रपाका केन्द्रीय नेताहरु मिन ब. कुँवर, मिना स्वर्णकार, जनक पाठक, टोप ब. शाहा, लगायतका नेताहरुले सम्वोधन गरेका थिए । राप्रपा दाङका सहअध्यक्ष हंसराज केसीले स्वागत मन्तव्य राखेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस